ब्रम्हायणी जलविद्युत आयोजनाको निर्माण सुरु, तीन वर्षमा सक्ने लक्ष्य

ब्रम्हायणी जलविद्युत आयोजनाको निर्माण सुरु, तीन वर्षमा सक्ने लक्ष्य

फरक पत्रिका

सोमबार, बैशाख २९ २०८२

ब्रम्हायणी जलविद्युत आयोजनाको निर्माण सुरु, तीन वर्षमा सक्ने लक्ष्य

सिन्धुपाल्चोक । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ ५१ मेगावाट क्षमताको ब्रम्हायणी जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित छिन्दाङमा विस्फोटकको माध्यमबाट पहिलो ब्लास्ट गर्दै सुरुङ निर्माणको कार्यको थालनी गरिएको हो ।

आइतबार परम्परागत लामा तथा ब्राह्मण विधिअनुसार पूजा–आराधना गरी निर्माण सुरु गरियो । यस आयोजना अन्तर्गत तेम्बाथानस्थित महादेव थान नजिकै भूमिगत पावरहाउस निर्माण गरिनेछ ।

निर्माण कार्य समयमै सम्पन्न गरी व्यवसायिक उत्पादनमा ल्याउन सकिने आयोजनाका अध्यक्ष भरत पराजुलीले बताए । सरोकारवालाहरुको सहयोग रहेमा आयोजना नाफामा लैजान सकिने उनको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित