अझै बनेन सडक, करोडौं मूल्यका सामग्री बोकेका कन्टेनर लिपिङमै रोकिए

अझै बनेन सडक, करोडौं मूल्यका सामग्री बोकेका कन्टेनर लिपिङमै रोकिए

फरक पत्रिका

शनिबार, बैशाख २७ २०८२

अझै बनेन सडक, करोडौं मूल्यका सामग्री बोकेका कन्टेनर लिपिङमै रोकिए

सिन्धुपाल्चोक । साताअघिको वर्षाले भासिएको कोदारी राजमार्गको सडक अझै बनेको छैन । सडक अवरुद्ध हुँदा मालबाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन् ।
वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासिएको थियो । सडक डिभिजन कार्यालय चरिकोटको प्रत्यक्ष निगरानीमा भासिएको सडकमुनि भोटेकोसी नदीबाट प्लम ढलानको काम निरन्तर भइरहेको छ ।

चीनको खासाबाट तातोपानी आएका मालबाहक कन्टेनर एक सातादेखि लिपिङमा रोकिएका छन्। यातायात अवरुद्ध हुँदा करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्रमा रोकिएका छन् ।  स्याउ र लसुन बोकेका ३० र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन लिपिङ क्षेत्रमा अलपत्र परेका हुन्। सयभन्दा बढी कन्टेनर खासामा छन् ।

कोदारी भेगछेउमा सडक अवरुद्ध बनेका कारण कन्टेनर अलपत्र पर्दा सामान पुर्‍याएर फर्केका कन्टेनर यही भेगमा अलपत्र बनेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित