गौरीटापमा टेन्ट क्याम्पिङ : गरियो पर्यटकीय गन्तव्यको चर्चा

गौरीटापमा टेन्ट क्याम्पिङ : गरियो पर्यटकीय गन्तव्यको चर्चा

फरक पत्रिका

शनिबार, बैशाख २७ २०८२

गौरीटापमा टेन्ट क्याम्पिङ : गरियो पर्यटकीय गन्तव्यको चर्चा

काठमाडौं । सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन्।

उनीहरू शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन्।

कलाकारहरू राजेश हमाल, क्याप्टेन विजय लामा, गायिका आनि छोइङ डोल्मा, गायक राजु लामा, विमलराज क्षेत्री, सुनिता दुलाल, आस्था राउत, बिबिसी मास्टर सेफ सन्तोष साह लगायतको उपस्थिति रहेको कार्यक्रम सबै जना टेन्ट क्याम्पिङमा रात बिताएका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका आठ हजार मिटरभन्दा अग्ला छ वटा हिमाल नजिकबाट देख्न पाइने यो क्षेत्र प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो।

यो क्षेत्र २५ भन्दा बढी प्रजातिका गुराँसका साथै सूर्योदय र सूर्योस्तको मनोरम दृश्यवालोकनका लागि उपयुक्त गन्तव्य हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित