सिन्धुपाल्चोक । तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा केही समयअघि विद्युतीय चुरोट (भेप) चोरी भएको छ ।
भन्सारबाट केही दिनअघि ३६ कार्टुन चोरी भएकोमा शंकास्पद चार जनालाई नियन्त्रणमा लिइएको छ । मंगलबार बेलुका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
सीसीटीभी फुटेजको आधारमा माक्स लगाएका केही व्यक्तिले भेप चोरेको देखिएको थियो । जसमा भन्सारका एक सुरक्षाकर्मीको कोठाछेउमा दुई कार्टुन भेप प्रहरीले फेला पारेको थियो ।
भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको छ ।