सिन्धुपाल्चोक । शिक्षक आन्दोलनमा सिन्धुपाल्चोक जुगलका एक बिद्यालय कर्मचारी कुटिएका छन् ।
आन्दोलनमा सहभागी हुन आएका कार्यालय सहयोगीलाई शिक्षकहरूले नै कुटपिट गरेका हुन् । ‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन् । तामाङ सिन्धुपाल्चोक स्थित जुगल गापा वडा नम्बर–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् ।
तामाङको मुख र कानमा चोट लागेको छ । उनको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् ।
शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् ।