सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ ।
राफ्टिङ व्यवसायीहरुको छाता सङ्गठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी “नारा”ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफीस्थित ब्राह्मायणी (बलेफी) नदीमा “स्लालोम” प्रतियोगिता र सुनकोशी (तल्लो भोटेकोशी) नदिमा “डाउन स्ट्रीम कायाक रेस” प्रतियोगिता सम्पन्न भएको छ ।
१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसमा प्रथम हुने प्रतियोगीले नगद ५००० का साथै मेडल अनि प्रमाणपत्र पाउने छन् ।
यसैगरी पोइन्टको आधारमा माथिका दुबै बिधामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५०००, १००००, ५००० नगदका साथै मेडल अनि प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आइतबार गरिने ‘नारा’ महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।