भोटेकोशी-१ को भर्टिकल शाफ्टको ब्रेक थ्रु, डेढ वर्षमा विद्युत उत्पादन हुने

भोटेकोशी-१ को भर्टिकल शाफ्टको ब्रेक थ्रु, डेढ वर्षमा विद्युत उत्पादन हुने

फरक पत्रिका

मंगलबार, पौस १६ २०८१

भोटेकोशी-१ को भर्टिकल शाफ्टको ब्रेक थ्रु, डेढ वर्षमा विद्युत उत्पादन हुने

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रेक थ्रु भएको छ ।


भोटेकोशी गाउँपालिका ३ र ४ हिन्दीमा ड्याम र चाकुमा पावर हाउस रहने आयोजनाको पहिलो ब्रेक थ्रु भएको हो । निर्माणाधीन सो आयोजनाको ८० मिटर ठाडो शाफ्टको सफलता मिलेको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिए।

एक वर्षअघिबाट सुरु भएको उक्त आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । अबको एक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम भईरहेको प्रमुख पराजुलीले बताए । सुरुङ मार्गको भौतिक प्रगति ५५ दशमलव ८७ रहेको छ ।

हेडर्वक्स ५२ प्रतिशत निर्माण सकिएको छ । ईन्टरटनेल भौतिक प्रगति ४१ दशमलव ३६ रहेको छ । अटिटबाट अपस्ट्रि र डाउन स्ट्रिम भौतिक प्रगति ३६ दशमलव २८ प्रतिशत पुगेको छ । ड्यामबाट पावरहाउससम्म २६०० मिटर दुरी रहेको छ । आगामी डेढ बर्षभित्र उक्त आयोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित