रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

फरक पत्रिका

सोमबार, माघ १० २०७८

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै अमेरिका र नेटो गठबन्धनले यसअघि चेतावनी दिँदै आएका थिए ।

रुसले युक्रेनलाई नेटो गठबन्धनमा समावेस हुनबाट रोक्न भन्दै सीमा क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सेना परिचालन गरेको अमेरिका र उसका नेटो सहयोगी पश्चिमा युरोपेली मुलुकले दाबी गर्दै आएका छन् । तर, रुसले यस्तो आरोप खारेज गर्दै आएको छ ।

गत शुक्रबारमात्र अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच वार्ता भएको थियो । सो वार्तामा कुनै सहमति नजुटेपछि दृश्यहरु झन तनावपूर्ण बन्दै गएका छन् । अमेरिकाले किभबाट आफ्ना दूतावासका कर्मचारी फिर्ता गरेको भोलिपल्ट सोमबार बेलायतले पनि कर्मचारी फिर्ता बोलाएको छ । लिथुअनियामा एफ–१६ लडाकु जेट, रोमानियामा सेना, बुल्गेरियामा एफ–३५ लडाकु विमान र बाल्टिक सागरमा लडाकु शिप परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबारै नेटोसम्बद्ध मुलुकहरूले लडाकु विमान र लडाकु शिप परिचालन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित