• ट्रेण्डिङ :

खुल्यो कोदारी राजमार्ग, तातोपानी नाका हुँदै आउन थाले कन्टेनर

खुल्यो कोदारी राजमार्ग, तातोपानी नाका हुँदै आउन थाले कन्टेनर

फरक पत्रिका

बिहिबार, कार्तिक ८ २०८१

खुल्यो कोदारी राजमार्ग, तातोपानी नाका हुँदै आउन थाले कन्टेनर

सिन्धुपाल्चोक । कोदारी राजमार्ग २६ दिनपछि संचालनमा आएको छ। असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।

अविरल वर्षाले भोटेकोसी नदीको बेलिब्रिज र लिपिङखोलाको पुल बगाएपछि नेपाल-चीन जाेड्ने तातोपानी नाकासँग सडक सम्पर्क टुटेकाे थियाे । सडक डिभिजन, स्थानीय सरकार र तातोपानी नाकामा क्रियाशील व्यापारीको लगानी र दिनरातको खटाइपछि सडक खुलाइएको हो ।
बाढीपहिरो गएको  १० दिनभित्रै ह्युमपाइप हालेर सडक संचालन गरिए पनि कोप्लाङ र कोदारीको पहिरो पन्छाउन बढी समय लाग्यो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका लिपिङ खोलामा ह्युमपाइप राखेर २० मिटर खाल्डो पुरेपछि कोदारी सडक मित्रराष्ट्र चीनसँग बुधबार रातिदेखि  जोडिएको हो।

सडक सुचारु भएपछि तातोपानी नाकाबाट मालबाहक कन्टेनर धमाधम भन्सार यार्डमा  आउन थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित