कफी तालिम : सिन्धुपाल्चोकका किसानलाई व्यवसायिक बनाउने अभियान

कफी तालिम : सिन्धुपाल्चोकका किसानलाई व्यवसायिक बनाउने अभियान

फरक पत्रिका

आइतबार, भाद्र ३० २०८१

कफी तालिम : सिन्धुपाल्चोकका किसानलाई व्यवसायिक बनाउने अभियान

सिन्धुपाल्चोक । स्थानीयवासीलाई थप व्यवसायिक बनाउन सिन्धुपाल्चोक चाैताराका किसानलाई प्रांगारिक कफी चक्र प्रविधिबारे तालिम प्रदान गरिएको छ । कफी खेती सुरू गरेका किसानलक्षित तालिम दिईएकाे हाे ।
दुई दिनसम्म चल्ने तालिममा २५ किसान सहभागी छन् । राष्ट्रिय चिया तथा कफी विकास बाेर्ड, चिया तथा कफी विकास कार्यालय नुवाकोटको आयोजनामा किसानलाई तालिम दिईएकाे छ । किसानले लगाएका कफीबाट उत्पादनमा बढावा दिन र व्यवसायिकतातिर लैजान तालिम दिइएको हाे ।

आफूले लगाएका केही कफीका विरूवाले अपेक्षाकृत उत्पादन दिन थालेपछि उत्साहित किसानहरू तालिममा सहभागी भएका छन् । कफी खेती विस्तार गरि व्यवसायिक बन्नका लागि बगैंचा सुधारसहित प्राविधिक पक्षबारे जानकारी लिन उपस्थित भएकाे किसानहरूले जनाएका छन् ।
तालिमबाट किसानकाे क्षमता अभिवृद्धि हनुका साथै कफी खेती विस्तारमा सघाउ पुग्ने कार्यालयका कृषि प्राविधिक एकराज सञ्ज्लले बताए । उनले कफी बहुवर्षे नगदेबाली भएकाले लामाे समयसम्म उत्पादनदिने हुँदा किसानलाई अर्थतन्त्रमा अब्बल बनाउन सहयाेग पुग्ने जानकारी दिए । एउटा कफीकाे बाेटले ३५ वर्षसम्म उत्पादन दिने हुँदा थाेरै मेहनतमा धेरै कमाई गर्न सकिने उनको भनाइ छ ।

गाउँमा बाँझाे बसेका जमिनकाे सदुपयाेग तथा किसानकाे आयमा सघाउन याे तालिम प्रदान गरिएको हो । याे तालिम किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउने अभियान रहेकाे प्राविधिक एकराजले बताए । तालिममा कफी राेप्ने, हुर्काउनेदेखि उत्पादन दिने बेलासम्म गर्नुपर्ने स्याहारसमेत जानकारी दिइएको छ । कफीलाई लाग्ने राेग र त्यसकाे समाधानका उपायबारेसमेत जानकारी प्रदान गरिएको उनले जानकारी दिए ।
कफी समुन्द्री सतहबाट आठ सयदेखि एक हजार ६ सय मिटरको उचाइसम्म लगाउन उत्तम मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित