मेलम्ची- हेलम्बु जोड्ने पुल बाढीले बनायो धराप, तत्काल नयाँ पुल बनाउने निमाग्याल्जेन शेर्पाको उद्घोष

मेलम्ची- हेलम्बु जोड्ने पुल बाढीले बनायो धराप, तत्काल नयाँ पुल बनाउने निमाग्याल्जेन शेर्पाको उद्घोष

फरक पत्रिका

मंगलबार, साउन २९ २०८१

मेलम्ची- हेलम्बु जोड्ने पुल बाढीले बनायो धराप, तत्काल नयाँ पुल बनाउने निमाग्याल्जेन शेर्पाको उद्घोष

हेलम्बु ।  हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने झोलुङ्गे पुल बाढीले गर्दा जोखिममा पारेको छ । हेलम्बु गाउँपालिकाको तालामाराङमुनि रहेको पुल जोखिममा परेकाे हो ।

हेलम्बु गाउँपालिका –४ र मेलम्ची नगर –७ जोड्ने सो पुल जोखिममा परेपछि स्थानीयलाई आउजाउ समस्या परेको छ । नदीले पुलको जग खोतलेर पुललाई धरापमा पारेको छ । बाढीले पुललाई क्षति गरेपछि त्यस आसपासका बस्तीका मानिसलाई उच्च सतर्कता अपनाउन हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आग्रह गरे ।

सो पुल क्षति भएमा मेलम्ची नगर र हेलम्बु गाउँपालिकाका केही वडा पूर्णरुपमा आउजाउ विच्छेद हुनेछन् । सो पुल बाहेक अन्य पुल र बाटो नभएपछि एक वडाका मानिस अर्को वडा र पालिकामा आवतजावतमा रोकिनेछन् । दिनरातको बाढीले पुललाई क्षति गर्न थालेपछि हेलम्बु गापाले आन्तरिक स्रोतबाट पुलको जोखिम कम गर्न वाललगायतका काम थाले पनि बाढीले क्षति कम गरेको छैन ।

सो पुल जोखिममा परेपछि अध्यक्ष शेर्पाले सो पुल रहेको माथिल्लो भागमा नयाँ पुल निर्माणका लागि जग्गा व्यवस्थापन गरी पुल हालिने कार्य अघि बढाउने उद्घोष गरेका छन् । जग्गा व्यवस्थापन समिति बनाई सर्वेको काम थाल्ने उनले जानकारी दिए । २०७८ असार १ गतेदेखि हालसम्म बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले यसअघि पनि पुल बगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित