बलेफीमा साहसिक खेल क्यानोनिङ र रक क्लाइम्भिङ

बलेफीमा साहसिक खेल क्यानोनिङ र रक क्लाइम्भिङ

फरक पत्रिका

आइतबार, साउन २७ २०८१

बलेफीमा साहसिक खेल क्यानोनिङ र रक क्लाइम्भिङ

बलेफी । बलेफी गाउँपालिका ३ चिलाउने स्थित ठूलो छाँगा (झरना) मा “क्यानोनिङ र रक क्लाइम्भिङ” सुरू गरिएको छ । बलेफीको आ.व. २०८०/८१ मा विनियोजन गरेको रु. ३ लाख ५० हजार बजेटबाट सोही झरनामा यस सम्बन्धि आधारभुत पुर्वाधार तयार गरिएको वडा अध्यक्ष रितेश तामाङले बताए।

पुर्वाधारलाई उद्घाटन स्वरुप शनिबार पालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष सरु लामा तामाङ, र्याफटिङ एण्ड क्यानोनिङ एसोसिएसनका उपाध्यक्ष रामेश्वर आचार्य लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको छ।

ठुलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको स्थानीय युवा प्रीतम गोले तामाङले बताए। तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरकोमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा सिकेर केही जन्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको जानकारी दिए।

उद्घाटन संगै स्थानीय १० युवाहरुलाई यस सम्बन्धि २ दिने आधारभुत तालिम समेत दिएका छन्। ३ जना प्रशिक्षकहरु पेम्बा तामाङ, फुरादिकी शेर्पा र सुजल गुरुङले फिल्डमै पुगेर क्यानोनिङ र रक क्लाइम्भिङ गर्दा अपनाउनु पर्ने सुरक्षा नियमहरु, डोरि लगाउने तरिका देखि झरनामा झर्ने र चड्ने उपयुक्त तरिकाहरु सिकाएका छन्। प्रशिक्षकको टिम र प्रशिक्षार्थीको टिमले उद्घाटनसत्रमा तीन वटै झरनामा सफलतापुर्वक क्यानोनिङ र क्लाइम्भिङ गरििएको छ ।

अध्यक्ष गंगाबहादुर तामाङले बलेफी भित्र यस्तै थुप्रै पर्यटकिय सम्भावनाहरु भएको स्थानहरु रहेकोले ती स्थानहरुलाई प्रवर्द्धन गर्न लागि परेको बताए। उनले बलेफीमा अब सहाशिक खेल र्याफ्टिङ संगै क्यानोनिङ र रक क्लाइम्भिङ पनि थपेकोमा खुशी व्यक्त गर्नुभयो। अब यी खेलहरु संगै सेल्ताप मन्दिर हुँदै ॐ पार्क जोड्ने पर्यटकीय रुटका लागि पुर्वाधार निर्माणमा स्थानीय सरकार निरन्तर लाग्ने भनाइ राखे ।

त्यस्तै उपाध्यक्ष सरु लामा तामाङले संधै भुत लाग्छ, सातो जान्छ भनेंर बेवास्ता गरेर राखेको ठूलो छाँगा सहाशिक खेलको केन्द्र बनाउन निर्वाचित भएपछि निरन्तर लागिरहेको बताए। पालिका भित्र रहेको यस्तै स्थानहरुमा पुर्वाधार निर्माण गर्न सके काठमाडौंबाट करिब ८५ मात्र रहेको यो स्थानलाई अझै प्रवर्द्धन गर्न सके स्थानीयहरुका लागि आर्थिक उपार्जन र रोजगारीको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित