किन बन्द हुँदैछ नेपाल टेलिकमको सेवा ?

किन बन्द हुँदैछ नेपाल टेलिकमको सेवा ?

फरक पत्रिका

बिहिबार, साउन १७ २०८१

किन बन्द हुँदैछ नेपाल टेलिकमको सेवा ?

काठमाडौ । नेपाल टेलिकमको सेवा चार घण्टाका लागि बन्द हुने भएको  छ। बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टा सेवा बन्द हुने भएको हो ।

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो ।

ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाएको छ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित