गाउँ भित्रिएका पर्यटकको स्वास्थ्यप्रति हेलम्बुको चिन्ता, यसकारण थालियो तथ्यांक राख्न

गाउँ भित्रिएका पर्यटकको स्वास्थ्यप्रति हेलम्बुको चिन्ता, यसकारण थालियो तथ्यांक राख्न

फरक पत्रिका

बिहिबार, साउन ३ २०८१

गाउँ भित्रिएका पर्यटकको स्वास्थ्यप्रति हेलम्बुको चिन्ता, यसकारण थालियो तथ्यांक राख्न

हेलम्बु । सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु भित्रिने पर्टकहरूको तथ्यांक राख्न सुरू गरिएको छ । गुम्बाकाे शहर भनेर चिनिईने हेलम्बुको सौन्दर्य नियाल्न आएका पर्यटकको तथ्यांक राख्न सुरू गरिएको हो ।
बाढी, पहिरो जान सक्ने सम्भावना भएकाले पर्यटकलाई अफ्ट्यारो परे उद्धारका लागि सहज हुन हेलम्बुमा पर्यटकको तथ्यांक राखिन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
तथ्यांक संकलनमा सहयोग गरिदिन गाउँपालिकाले होटल तथा लजहरूलाई आव्हान गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको एक क्यूआरमा विवरण भरेर तथ्यांक राखिदिन अनुराेध गरिएकाे छ ।
हेलम्बुमा काठमाडौं लगिएको मेलम्ची पानीको मुहान छ । हाेमस्टे, गुम्बा,हिमाल, रेडपाण्डा,चौंरी, झरना, ग्रेट ट्रेल, स्याउलगायत अवलोकन गर्न यहाँ पर्यटकहरू आउने गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित