रेडपाण्डा, हिमाल, ग्रेटटेलसँगै हेलम्बु अब चाैंरी हेर्न जाने गन्तव्य बन्दै

रेडपाण्डा, हिमाल, ग्रेटटेलसँगै हेलम्बु अब चाैंरी हेर्न जाने गन्तव्य बन्दै

फरक पत्रिका

शुक्रबार, बैशाख २१ २०८१

रेडपाण्डा, हिमाल, ग्रेटटेलसँगै हेलम्बु अब चाैंरी हेर्न जाने गन्तव्य बन्दै

सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा पालिने चाैरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यसको संरक्षण अभियान चालेको छ। चाैंरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका यसको संरक्षणमा जुटेको हो ।

पछिल्ला समय चौरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । चाैरी लोप हुन लागेको भन्दै ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौरी, याक हेर्न पाइन्छ । तर अहिले हेर्न पनि नपाउने अवस्था आउन लागेको भन्दै चाैंरी संरक्षणमा पालिका लागिरहेको उनले बताए। हेलम्बुले यसअघि नै चाैरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ ।
चाैंरीपालन गरेमा स्थानीयकाे आर्थिक हैसियत बलियो हुने, गाउँवासीले राेजगारी पाउने मात्रै नभई चाैंरीकै कारण पर्यटक बढ्ने भएकाले यस्तो अभियान ल्याईएको अध्यक्ष शेर्पा बताउँछन् ।
याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने शेर्पाको भनाइ छ ।
हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बा नै गुम्बाको गाउँ भनेर हेलम्बुलाई चिनिन्छ । रेडपाण्डा, हिमाल, ग्रेटटेल हेर्न यहाँ पर्यटकहरू आउने गर्दछन् । योसँगै अब हेलम्बुमा चाैंरी हेर्न जाने गन्तव्यकाे सूचीमा राख्ने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित