चौतारा ।
सिन्धुपाल्चोकको तातोपानी नाका भएर चीनबाट मगाइएको रासायनिक मल काठमाडौ लैजान थालिएको छ । भन्सार जाँच पास गराएर लामो समयदेखि भन्सारमै थन्किएको मल राजधानी लैजान सुरु गरिएको हो । मल ११ महिनादेखि गोदाममा थन्किएको थियो । किसानहरु भने खेती लागउने बेला मल नपाएको गुनासो गर्दै आएका थिए ।
कृष िसामग्री कम्पनी र आयातकर्ताबीच सहमत िभएपछ िमल काठमाण्डौ पठाउन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दनिुभयो । उहाँका अनुसार तीन हजार पाँच सय टन मलमध्ये एक हजार दुई सय टनभन्दा धेरै मल जाँच पास भएर काठमाण्डौ ढुवानी भएको र बाँकी मल पन िजाँच पासको प्रक्रयिामा रहेको छ ।