हाम्रो नेपाली पार्टीले फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हाम्रो नेपाली पार्टीले फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

फरक पत्रिका

मंगलबार, चैत्र १३ २०८०

हाम्रो नेपाली पार्टीले फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हेटौडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा समेत आफ्नो दाबेदारी पेश गरको छ ।

केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरि ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ ।
प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका साभामुख रहेका छन् ।

यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित