बाढी पूर्वानुमान महाशाखाले भन्यो-सिन्धुपाल्चोकमा नदीको बहाव बढ्छ

बाढी पूर्वानुमान महाशाखाले भन्यो-सिन्धुपाल्चोकमा नदीको बहाव बढ्छ

फरक पत्रिका

मंगलबार, भाद्र १६ २०८३

बाढी पूर्वानुमान महाशाखाले भन्यो-सिन्धुपाल्चोकमा नदीको बहाव बढ्छ

काठमाडौं। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकसहित केही जिल्लामा नदीको बहाव बढ्ने उल्लेख गरेको छ । महाशाखाले ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।
बाढी पूवार्नुमान महाशाखाद्वारा मङ्गलबार यहाँ जारी बाढी पूर्वानुमान बुलेटिनमा सिन्धुपाल्चोकसहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
त्यसैगरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले यही भदौ १० गते भोटेकोशी मा आएको बाढीपश्चात ती नदीमा पानीको बहाव तल रहेतापनि सतर्कता अपाउन भनेको हो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित