सिन्धुपाल्चोकमा पनि ग्यास अभावको पीडा, व्यवसायीले लुकाएको उपभोक्ताको आरोप

सिन्धुपाल्चोकमा पनि ग्यास अभावको पीडा, व्यवसायीले लुकाएको उपभोक्ताको आरोप

फरक पत्रिका

शनिबार, फाल्गुन ३० २०८२

सिन्धुपाल्चोकमा पनि ग्यास अभावको पीडा, व्यवसायीले लुकाएको उपभोक्ताको आरोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एलपी ग्यासको अभाव देखिएको छ । जिल्लाको प्रमुख बजार सदरमुकाम चौतारा, बाह्रविसे, मेलम्ची, खाडिचौर, जलवीरलगायतकै क्षेत्रमासमेत ग्यास अभाव भएको पाइएको हो ।

ग्यास अभाव भएपछि उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास बिक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ। ग्यास बिक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ। तर, पनि ग्यास नपाइएको स्थानीय विराज श्रेष्ठ बताउँछन् । लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको उनले बताए। नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ छ।
उपभोक्ताहरु बिक्रेताले कृतिम रुपमा ग्यास अभाव गराएको आरोप लगाउँदै आएका छन् । अहिले ग्यास अभाव हुँदा होटल व्यवसायीलाईसमेत समस्या परेकाले व्यापार गर्न कठिनाई भएको अवस्था छ ।

ग्यास बिक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन्। मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिन्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ ।ग्यास भित्रिने भन्सार कार्यालयहरुबाट भने नियमित रुपमा आयात भइरहेको पाइएको छ । चुनावअघि केही समय आयातमा डिस्टर्व भएपनि नियमित आयात भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित