सिन्धुपाल्चोक २ : समानुपातिकमा घण्टीको २५८७० मत आउँदा अरु दलको कति 

सिन्धुपाल्चोक २ : समानुपातिकमा घण्टीको २५८७० मत आउँदा अरु दलको कति 

फरक पत्रिका

मंगलबार, फाल्गुन २६ २०८२

सिन्धुपाल्चोक २ : समानुपातिकमा घण्टीको २५८७० मत आउँदा अरु दलको कति 

सिन्धुपाल्चोक । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आइसकेको छ । सिन्धुपाल्चोकका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिक परिणाम सार्वजनिक भइसकेको हो ।
सिन्धुपाल्चोक क्षेत्र नं। २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल विजयी बने । उनले नेपाली कांग्रेसका वंशलाल तामाङलाई हराउँदै विजयी बनेका हुन् ।
निर्वाचित दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा वंशलालले १९ हजार एक सय ४६ मत ल्याएका थिए ।
यो क्षेत्रको समानुपातिक मतमा भने रास्वपाले ल्याएको मत अन्य दलो भन्दा निकै धेरै छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यहाँ रास्वपाले २५ हजार आठ सय ७० मत ल्याएको छ । दोस्रोमा नेपाली कांग्रेसले १४ हजार चार सय ९१ मत ल्याउँदा तेस्रोमा रहेको नेकपा एमालेको मत १३ हजार दुई सय ५७ रहेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले १२ हजार आठ सय ९७ मत ल्याएको छ । राप्रपाको दुई हजार तीन सय ४८ मत आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित