सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ । यहाँ प्रमुख दलबीच चुनावी भीडन्त हुने आँकलन गरिएको छ ।
१८ जनाले उम्मेदवारी दिएका छन् यो क्षेत्रमा । विशेषगरी नेपाली कांग्रेसका वंशलाल तामाङ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, नेकपा एमालेका शेरबहादुर ताामाङलाई मुख्य प्रतिष्पर्धी मानिएको छ । यद्यपी यहाँ राप्रपाका ई. गोपिकृष्ण चौलार्गां र रास्वपाका अजय श्रेष्ठ पनि प्रमुख स्पर्धामा छन् ।
चुनावी माहोल बढ्दै जाँदा सबै उम्मेदवार मत माग्न व्यस्त छन् । नेकपा एमलेले आज इन्द्रावती गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ मा घर दैलो गरेको थियो । हेरौं एमालेको घरदैलोका केही तस्वीर । यी तस्वीर एमाले नेता रामबहादुर सुनारको फेसबुकबाट लिइएको हो ।
