सिन्धुपाल्चोक । नेपाली कांग्रेसको तर्फबाट आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दिएका नेता हुन् वंशलाल तामाङ । उम्मेदवारी दर्तापछि परिचयात्मक कार्यक्रम, भेटघाटमा व्यस्त रहेका वंशलाल अहिले घरदैलो अभियानमा केन्द्रीत छनु् ।
उनले पाँचपोखरीबाट घरदैलो सुरुआत गरेका थिए । चुनावी सभा तथा प्रचारअघि घरदैलो केन्द्रीत रहेका नेपाली कांग्रेसका उम्मेदवार वंशलालको चुनावी कार्यक्रम आज काठमाडौंको जोरपाटीमा हुँदैछ । दिउँसो १ बजे हुने भनिएको भेटघाटतथा अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री मोहनबहादुर बस्नेत रहनेछन् ।
नेपाली कांग्रेस मेलम्ची नगर कमिटीको आयोजनामा हुने कार्यक्रम जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा हुनेछ ।
सिन्धुपाल्चोक १ बाट उम्मेमदवारमा आकांक्षा मोहनबहादुर बस्नेतले राखेका थिए । पछि सो क्षेत्रमा पार्टी सभापति जंगबहादुर लामा उम्मेदवार भएपछि बस्नेत अहिले नेपाली कांग्रेसका उम्मेदवार जिताउन लागिपरेका हुन् । यसै क्रममा सिन्धुपाल्चोक २ का उम्मेदवार वंशलालको चुनावी कार्यक्रममा उनी सरिक हुन लागेका टन् ।
उनीसँगै वाग्मती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ, पूर्व मन्त्री विष्णुविक्रम थापा, पूर्व मन्त्री निमा लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, क्षेत्रीय अध्यक्ष एवं मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनीहरुसहित नेपाली कांग्रेसका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् ।