सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नं. १ ले चुनावी परिचालन कमिटी गठन गरेको छ । आउँदो फागुन २१ मा हुनु प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले कमल नेपालको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
आज सिन्धुपाल्चोकको खाडीचौरमा प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रीय समन्वय कमिटीको बैठक बसेको थियो । सो सन्दर्भमा एमालेले चुनावमा नयाँ रणाीतिक योजनाका साथ जाने गरि कमिटी बनाएको हो ।
कमिटीको सल्लाहकारमा वरिष्ठ नेता अमृत बोहरा रहेका छन् । कमिटीमा क्षेत्र नं. १ मा पर्ने सबै पालिकाहरुमा एक एक जना नेतालाई परिचालनको जिम्मा दिइएको छ । त्यस्तै अन्य कलष्टरमा पनि जिम्मेवारी तोकिएको छ ।
कसलाई के जिम्मेवारी ?
सल्लाहकार – अमृत बोहरा
भोटेकोसी गाउँपालिका – आङछिरिङ शेर्पा
बाह्रबिसे नगरपालिका – आङदोर्जे शेर्पा
त्रिपुरासुन्दरी गाउँपालिका – हेमगगा मोक्तान
लिसंखुपाखर गाउँपालिका – सुर्य लामा
जुगल गाउँपालिका – होमनारायण श्रेष्ठ
बलेफी गाउँपालिका – बिदुर भारती
सुनकोशी गाउँपालिका – टपिन्द्र तिमल्सिना
चौतारा नगरपालिका – आमानसिङ तामाङ
जनपरिचालन – टपिन्द्र तिमल्सिना
महिला स् कल्याणी घिसिङ
युवा – जगत गोले
बिद्यार्थी – इश्वर तिमल्सिना
सम्पर्कमन्च – द्वारिका प्याकुरेल
कार्यालय – चरी तामाङ
भुमी – श्याम भुजेल
किसान – राजकुमार सुवेदी
आर्थिक – प्रेम लाल लामा
प्रचार – रामचन्द्र नेपाल
निर्वाचन परिचालन कमिटी सम्योजक – कमल नेपाल
यो क्षेत्रबाट एमालेका सरेश नेपाल उम्मेदवार रहेका छन् । उनीसँगै स्वतन्त्र गरि यो क्षेत्रमा १८ उम्मेदवार चुनावी मैदानमा छन् ।