ढकाठमाडौं । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका वर्षा राउतले हिन्दी चलचित्रमा अभिनय गर्ने भएकी छिन् । उनले ‘रिमझिम गिरे सावन’ मा उनले अभिनय गर्ने भएकी हुन् ।फिल्मको महत्वपूर्ण भूमिकाका लागि उनले निर्माण पक्षसँग सम्झौता गरेकी छन्।
यस चलचित्रमा नेपाली समुदायको परिवेश समेटिएको बताइएको छ ।विदेशी भाषामा भने वर्षाको यो पहिलो चलचित्र हुनेछ ।
यो चलचित्र उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित एक सामाजिक ड्रामा हो । यस चलचित्रले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’ को सङ्घर्षपूर्ण कथालाई चित्रण गर्छ, जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्ने छिन् ।
सन् २०१६ को व्यावसायिक रूपमा सफल चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता सफल चलचित्रमा काम गरेकी छन् ।