माग पूरा नभए नयाँ पार्टी खोल्ने कमल थापाको तयारी

माग पूरा नभए नयाँ पार्टी खोल्ने कमल थापाको तयारी

फरक पत्रिका

सोमबार, माघ २४ २०७८

माग पूरा नभए नयाँ पार्टी खोल्ने कमल थापाको तयारी

काठमाडौं – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको तयारी गरेका छन् । थापा निकटवर्तीहरुका अनुसार उनले कोरोनाको तेस्रो लहरका समयमा विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् ।

सोमबार भएको थापा पक्षको छुट्टै भेलामा नयाँ पार्टी गठनको विषयमा छलफल भएको हो । उक्त भेलामा थापाले आफुले उठाएका माग सम्बोधन नभए विकल्प खोज्ने र त्यसका लागि तयार रहन निकट नेताहरुलाई आग्रह गरेका थिए ।

थापाले सोमबारको भेलामा भने ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् । म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’

भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।

यद्यपि आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उनले बताएका छन् ।सोमबार नै गृहजिल्ला मकवानपुर हिँडेका उनले जिल्लाका नेता कार्यकर्तासँग सम्वाद गर्ने छन् । त्यसपछि निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित