काठमाण्डौँ । स्थानीय तहका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोटमा कैलालीका लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही परेकीछन् । शी लिड्स आइकन’ कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रममा उनी ३१ कल्प इम्पावर वेमेनमा परेकी हुन् ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु प्रमुख÷उपप्रमुख ले गरेका राम्रा कामलाई संचार गर्ने उक्त कार्यक्रममा प्रमुख शाही ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भई पुरस्कृत समेत भइन् ।
अहिले शी लिड्स आइकनमा बेस्ट सात जना जनप्रतिनिधि छान्नको लागि भोटिङ सुरु भएको छ । ३१ जनप्रतिनिधी मध्ये ७ जना भोटिङबाट छान्ने हुुदा आफुलाई भोट गरि बेस्ट ७ जनप्रतिनिधीमा पुराउन उनले आग्रह समेत गरेकी छन् । आउँदो पुष २२ गते बेस्ट ७ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संम्मान गरर्नेछन् ।