कांग्रेस नेतृ नानु बास्तोलाले केन्द्रीय समिति बैठकमा राखिन् यस्ता माग

कांग्रेस नेतृ नानु बास्तोलाले केन्द्रीय समिति बैठकमा राखिन् यस्ता माग

फरक पत्रिका

आइतबार, असार २२ २०८२

कांग्रेस नेतृ नानु बास्तोलाले केन्द्रीय समिति बैठकमा राखिन् यस्ता माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बास्तोलाले काँग्रेस र एमालेबीच भएको ७ बुुँदे सहमति र संविधान संशोधनको विषयलाई समिति बनाएर छलफल गर्नुपर्ने बताएकी छन् । कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै नेता बास्तोलाले यस्तो बताएकी हुन् ।

बैठकमा बोल्दै नेता बास्तोलाले जनताको जनजिवीकाको विषयमा पार्टीले काम गर्नुपर्ने बताइन् । भातृ संस्थाको अधिवेशन निर्देशक समितिले दिएको समयभित्र गर्नुपर्ने तर समिति बनाउनुुपर्ने उनको भनाइ थियो ।

योग्यता र क्षमताको आधारमा पार्टीमा मुल्याङन हुनुपर्ने उनले माग राखिन् । ‘बजेट समानुुपातिक र आवश्यकताको आधारमा वितरण हुुनुपर्छ,’ उनले भनिन् । नयाँ पुुस्ता र युवाका लागि नयाँ कार्यक्रम ल्याएर देशमै स्वरोजगार बन्ने सुुनिश्चित गनुपर्नेमा उनले जोड दिइन् ।

विदेशिएका नेपालीलाई नेपालमै फर्काएर काम गर्ने वातावरण तयार गर्नु अहिले आवश्यकता भएको बताउँदै बास्तोलाले यसमा संसदको भुमिका रचनात्मक हुनुपर्ने बताइन् । ८ वर्षभित्रमा योजना बनाएर स्पष्ट खाका जनतालाई दिएर कार्यान्वयन गर्नुपर्ने उनले पार्टीलाई सुुझाव दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित