प्रधानमन्त्री ओलीले भने- मलाई डिजिटल प्रविधिबाटै बधाई दिनुहोस्, भेट्न आउन पर्दैन

प्रधानमन्त्री ओलीले भने- मलाई डिजिटल प्रविधिबाटै बधाई दिनुहोस्, भेट्न आउन पर्दैन

फरक पत्रिका

बुधबार, साउन २ २०८१

प्रधानमन्त्री ओलीले भने- मलाई डिजिटल प्रविधिबाटै बधाई दिनुहोस्, भेट्न आउन पर्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित