सिन्धुुपाल्चोक । सिन्धुपाल्चोकका माओवादीनिकट संगठनले आम नागरिकमा गणतन्त्रको अनुभूति हुन ध्यानाकर्षण गराएछ । जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापन पत्र बुझाउँदै गणतन्त्रको प्रत्याभूति आम नागरिकले गर्न पाउने गरि सुशासन अघि बढाउन खबरदारी गरिएको हो ।
वाईसीएल नेपाल, अखिल नेपाल महिला संघ, प्रेस सेन्टर र अखिल क्रान्तिकारीले संयुक्त ज्ञापन पत्र बुझाउँदै यस्ताे खबरदारी गरिएको हो ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको १७औं बर्षबिशेष गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना गर्दै गणतन्त्र स्थापनार्थ भएको एतिहासिक अन्दोलन र विभिन्न आन्दोलनहरुमा घाइते बेपत्ता भएका योद्धाहरुप्रती सम्झना र जिवनोत्सर्ग गर्ने अमर शहिदहरुप्रती हार्दिक श्रद्धासुमन अर्पणसहित ज्ञापन पत्र बुझाईएको थियो ।
“जिल्लाका सबै सरकारी कार्यालयहरु बाट नागरिकलाइ सहज र सुलभ सुबिधा प्रदान गर्ने, जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने, दैविप्रकोप र बिपत्तिहरुमा समन्वय र स्रोतरुको परिचालन गर्ने आफ्नो अधिकार क्षेत्र भित्रका मुद्दाहरूको निणय गर्ने, जनगुनासा सुन्ने र कारवाही गर्ने ,विकासनिर्माण कार्यको अनुगमन गर्ने ,ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता, चोरी, तस्करी, कालोबजारी लगायतका अनैतिक कार्यहरु नियन्त्रण गरी सुशासनको अनुभूति गराइ आम जनताको बिस्वास जित्नेगरी सेवा प्रदान गर्न गराउन अनुरोध सहित यो ज्ञापनपत्र बुझाइएको छ। ” पत्रमा भनिएको छ ।