चौतारा ।
जिल्ला कार्य समितिमा पद लिएर बसेका तर पार्टी बैठकमा उपस्थित नहुने सदस्यहरुलाई राप्रपा सिन्धुपाल्चोकले अब कारवाही गर्ने भएको छ । राप्रपा जिल्ला कार्य समितिको आइतावार बसेको बैठकले यस्तो निणर्य गरेको हो । पद ओगटेर बस्ने अनि पार्टिले आयेजना गरेका बैठक,भेला र कार्यक्रमहरुमा सहभागी नहुनेलाई कारवाही गर्न लागिएको राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार तीन पटक भन्दा बढी बैठकमा लगातार अनुपस्थित हुनेलाई सुरुवाती चरणमा स्पष्टिकरण सोध्ने तयारी राप्रपाले गरेको छ । त्यसमा चित्तबुभ्m्दो जवाफ नआए कारवाही गरिनेछ । साथै उसले आगामी जेठ महिनामा पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र पूर्व केन्द्रिय अधयक्ष तथा साँसद पशुपति शम्शेर राणाको बिषेश उपस्थितीमा काठमाडौमै बिस्तारीत बैठक गर्ने तयारी भइरहेको राप्रपा जिल्ला अध्यक्ष थापाले जानकारी दिए । राप्रपाले आउँदा दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै लैजाने समेत जनाएको छ ।