कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

फरक पत्रिका

शनिबार, बैशाख २२ २०८१

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो ।  कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित