काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता हासिल गरेको छ । किसी कार्टी ३८ रन बनाएर रन आउट भए। अविनाश बोहराको बलमा आउट भएका उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका थिए। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् । याे ईण्डिजको तेस्राे विकेट पतन भएको हो ।
यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भए।