पक्राउ परे सस्तोमा डलर साटिदिने भन्दै साढे २० लाख लिएर फरार भएका बाह्रविसेका जितबहादुर

पक्राउ परे सस्तोमा डलर साटिदिने भन्दै साढे २० लाख लिएर फरार भएका बाह्रविसेका जितबहादुर

फरक पत्रिका

शुक्रबार, मंसिर १२ २०८३

पक्राउ परे सस्तोमा डलर साटिदिने भन्दै साढे २० लाख लिएर फरार भएका बाह्रविसेका जितबहादुर

काठमाडौं । अमेरिकन डलर साटिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका ३३ वर्षीय जितबहादुर पाइनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरको जङ्गल नजिक एकान्त ठाउँमा गत असोज ६ गते निजले एक व्यक्तिलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद रु २० लाख ४५ हजार लिई फरार भएका थिए ।
सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित