कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता, दोस्रोमा अजयबाबु हुँदा अन्यको कति मत ?

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता, दोस्रोमा अजयबाबु हुँदा अन्यको कति मत ?

फरक पत्रिका

सोमबार, असोज २६ २०८३

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता, दोस्रोमा अजयबाबु हुँदा अन्यको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्।

खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित