चौताराका राजकुमार:जसले भूकम्पमा आमा गुमाए अहिले रसुवा बाढीमा बेपत्ता भएर कुशको लाशमा जले

चौताराका राजकुमार:जसले भूकम्पमा आमा गुमाए अहिले रसुवा बाढीमा बेपत्ता भएर कुशको लाशमा जले

फरक पत्रिका

मंगलबार, भाद्र १६ २०८३

चौताराका राजकुमार:जसले भूकम्पमा आमा गुमाए अहिले रसुवा बाढीमा बेपत्ता भएर कुशको लाशमा जले

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ का राजकुमार श्रेष्ठ उमेरले ३० वर्षका पुगेका थिए । उनी रसुवागढी नाकातर्फ पर्यटक ओसारपसार गर्ने र सवारी चालकको काम गर्थे । भदौ १० माविनासकारी बाढी आयो रसुवामा । सम्भवत : उनी रसुवामै रहेको अनुमान गरियो । र, पनि उनी बाढी आएकै दिनदेखि सम्पर्कविहीन भए ।
बाढीपछि त्यहाँबाट एक जना चालकले राजकुमारको अनुहार र शरीरसँग मिल्दोजुल्दो शवको तस्बिर परिवारलाई पठाएका थिए। उनको अवस्थाबारे जानकारी लिन परिवार निकै भौतरियो । एक चालकले पठाएको तस्वीरकै आधारमा बाढी आएकै दिन त्यसपछि शव पहिचान गरी बुझ्न परिवार नुवाकोटको सिमटार पुगेको राजकुमारका काका रविन्द्र श्रेष्ठले बताए ।
नेपाल प्रहरीले बाढीपछि सार्वजनिक गरेको सम्पर्कविहीन तथा शवसम्बन्धी विवरणमा दर्ता नम्बर ३५० मा राखिएको तस्बिर राजकुमारसँग मिल्दोजुल्दो देखिएको छ। तर उक्त शव अहिले कहाँ छ भन्नेबारे परिवार अन्योलमा छ। ‘दर्ता नम्बर ३५० मा रहेको त्यो शव कता गयो ? नुवाकोट प्रहरीले पठाइसक्यो भन्छ। यता टिचिङ अस्पतालले आएकै छैन भन्छ। कता हरायो त उसो भए ?’ राजकुमारका आफन्त जीवन श्रेष्ठले प्रश्न गरे।
‘शव लिन परिवार सिमटार पुग्यो। तर त्यहाँ पुग्दा शव थिएन। सम्बन्धित पक्षसँग समन्वय गर्दा टिचिङ अस्पताल पठाइसकेको जानकारी दिइयो,’ रविन्द्रले भने, ‘त्यसपछि परिवारले ५÷६ दिनसम्म शव कु¥यौं । शव नपाएपछि कुशको शव बनाएर दाहसंस्कार ग¥यौं ।’ आज शुपतिमा राजकुमारको कुशको लाश बनाएर दाहसंस्कार गरिएको छ ।
ाजकुमारले यसअघि २०७२ सालको भूकम्पमा आमालाई गुमाएका थिए । भूकम्पका बेला तेल पेल्न मिलमा गएकी उनकी आमाको भूकम्पमा परेर मृत्यु भएको राजकुमारका काका रविन्द्र श्रेष्ठले बताए । बाढीपछि राजकुमारको परिवारले सम्भावित स्थान र अस्पतालमा उनको खोजी गरेको थियो । साता दिनसम्म शव पाउने टुंगो नभएपछि परिवारले धार्मिक विधिअनुसार सोमबार अन्त्येष्टि गरेको हो । मंगलबार उनको सातौं दिनको धार्मिक कर्मकाण्ड गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले यस्तो घटनामा शव पहिचानका लागि डीएनए परीक्षण गराउनु आवश्यक भएकाले नआत्तिन आग्रह गरे। ‘सरकारले डीएनए परीक्षणका लागि आह्वान गरेको छ। कानुनी प्रक्रिया पनि त्यही हो। यता हाम्रो आफ्नै परम्परागत कुरा पनि रह्यो,’ उनले भने।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सिन्धुपाल्चोकबाट करिब ४ सय जना केरुङ नाका आसपासमा कार्यरत छन् । बाढीबाट भागेर ज्यान जोगाएका त्रिवि शिक्षण अस्पतालमा उपचारपछि बाह्रबिसे नगरपालिका ३ पलातीका सन्दीप बस्नेतले एक्कासी आएको भूकम्पजस्तै बाढीमा आफुसँग भागिरहेका धेरै साथी बेपत्ता भएको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित