सिन्धुपाल्चोक बतासेका थापालाई जब नक्कली प्रहरीले धम्क्याए

सिन्धुपाल्चोक बतासेका थापालाई जब नक्कली प्रहरीले धम्क्याए

फरक पत्रिका

शनिबार, चैत्र २१ २०८२

सिन्धुपाल्चोक बतासेका थापालाई जब नक्कली प्रहरीले धम्क्याए

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ बतासेका एक व्यक्तिलाई आफू नक्कली प्रहरी हुँ भन्दै धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।


आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ५ बस्दै आएका बतासेका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै त्रास देखाएका मकवानपुरगढी गाउँपालिका(३ घर भएका ५३ वर्षीय दिपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा उनी प्रक्राउ परेका हुन् ।
उनलाई काठमाडौं महानगरपालिका(८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

थापालाई लाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक जवेगुले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित