काठमाडौं । यो साता सुनको मूल्य १३ हजार रुपैयाँले बढेको छ । पछिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार, गत शुक्रबार (चैत १३) सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ थियो । शुक्रबार (चैत २०) दुई लाख ९४ हजार तोकिएको छ ।
महासंघका अनुसार, आइतबार दुई लाख ८६ हजारमा कारोबार भयो । सोमबार दुई लाख ८३ हजार ५००, मंगलबार दुई लाख ९० हजार २०० र बुधबार दुई लाख ९७ हजार ६०० मा कारोबार भएको थियो । साथै, बिहीबाररशुक्रबार दुवै दिन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भयो ।