विवाहपछिको पहिलो फिल्ममा पूजा शर्माको आइटम डान्स

विवाहपछिको पहिलो फिल्ममा पूजा शर्माको आइटम डान्स

फरक पत्रिका

शनिबार, माघ ११ २०८२

विवाहपछिको पहिलो फिल्ममा पूजा शर्माको आइटम डान्स

काठमाडौं । केही समयअघि विवाहबन्धनमा बाँधिएकी थिइन् नायिका पूजा शर्मा । विवाहपछि उनले कुनै फिल्म गरेकी छैनन् । यदी छिन् भने त्यो फिल्मको नाम हो कल्ली ।
अहिले कल्ली र पूजालाई लिएर सिने जगत चर्चामा छ । यसकारण कि विवाह पछिको पहिलो फिल्ममा उनको आइटम डान्स रहनेछ ।

यो फिल्म फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ । यस फिल्ममा उनी क्या राम्री बोलको गीतमा देखिनेछिन् । गीतको छायांकन हालसालै काठमाडौंको चोभारमा २ दिन लगाएर गरिएको छ।

गीतमा आशिष अविरल र मेलिना राईले स्वर दिएका छन्। आशिषको संगीतमा तयार गीतको भिडिओको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। गीतको शब्द सुरेन्द्र रानाको हो।

कल्लीमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरूङ, संजोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरसहित बाल कलाकार उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा लगायतको अभिनय छ।

यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन, महेश दवाडीको लेखन छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित