तातोपानी नाकामा तीर्थयात्रीको भीड, बन्यो मानसरोवर जाने वैकल्पिक मार्ग

तातोपानी नाकामा तीर्थयात्रीको भीड, बन्यो मानसरोवर जाने वैकल्पिक मार्ग

फरक पत्रिका

मंगलबार, असार ३१ २०८२

तातोपानी नाकामा तीर्थयात्रीको भीड, बन्यो मानसरोवर जाने वैकल्पिक मार्ग

सिन्धुपाल्चोक । नेपाल र चीनको सीमा सिन्धुपाल्चोकको तातोपानी नाकामा विदेशी पर्यटकको भीड लागेको छ । पछिल्ला केही दिनदेखि मानसारेवर जाने पर्यटक यो बाटो हुँदै आएपछि यहाँ भीड बढेको हो ।

गएको मंगलबार भोटेकोशी बाढीले रसुवागढी नाका बन्द भएको थियो । पर्यटकहरु रसुवा हुँदै मानसारेवर जान नपाएपछि तातोपानीको बाटो उनीहरुले वैकल्पिक मार्गका रुपमा पाएका हुन् ।

कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई चीन सरकारले जाङ्मुपोर्ट (खासा) सडक खुला गरेको छ । नेपाल–चीन सरकार तीर्थयात्रीका लागि वैकल्पिक बाटोको रूपमा तातोपानी–खासा नाकालाई प्रयोग गर्न सहमत भएका हुन् ।

दैनिक पाँच सय तीर्थयात्रु र पर्यटकले अध्यागमन कार्यालय कोदारीबाट अराइभल र डिपार्चरको अनुमति लिन्छन् । बाढीले रसुवा टिमुरे केरुङ सडक सम्पर्क विच्छेद भएपछि कैलाश मानसरोवर जाने र उताबाट तातोपानी हुँदै नेपाल फर्किने पर्यटकहरुको संख्यामा एक्कासी वृद्धि भएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ । तिब्बतको कैलाश मानसरोवर जाने र पुगेर फर्कने तीर्थयात्रीले अहिले तातोपानी नाका प्रयोग गरिरहेका हुन् ।

हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्रको रुपमा रहेको कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकमा भारतीय नागरिक बढी छन् ।
तातोपानी नाका भएर आउजाउ गर्नेमा अमेरिका, क्यानडा, स्वीडेन, नेदरल्याण्ड र सिंगापुरका पर्यटकहरु पनि उल्लेख्य छन् । तर सडकको दुरावस्थाका कारण पर्यटकहरु मारमा पर्ने गरेका छन् । काठमाडौंबाट बिहानै सवार तीर्थयात्रीलाई स्वशासित क्षेत्र तिब्बतको न्यालम लगेर राख्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित