तातोपानी धारा सर्वसाधारणका लागि खुला, ६ करोड लागतमा निर्माण

तातोपानी धारा सर्वसाधारणका लागि खुला, ६ करोड लागतमा निर्माण

फरक पत्रिका

शुक्रबार, बैशाख ५ २०८२

तातोपानी धारा सर्वसाधारणका लागि खुला, ६ करोड लागतमा निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको तातोपानी धाराका स्नान गृह सर्वसाधारणको लागि खुला गरिएको छ । स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला गरिएको हो।
गृहलाई गाउँपालिकाले ६ करोड लागतमा निर्माण गरेको हो ।
तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन्। हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटब निर्माण गरिएको छ। तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने तातोपानी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले बताए।

प्राकृतिक रूपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन्। तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिरामी निको हुने विश्वास गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित