आर्थिक समृद्धितर्फ अघि बढ्न दुना टपरी उत्पादन गर्ने तालिम

आर्थिक समृद्धितर्फ अघि बढ्न दुना टपरी उत्पादन गर्ने तालिम

फरक पत्रिका

आइतबार, असार २२ २०८२

आर्थिक समृद्धितर्फ अघि बढ्न दुना टपरी उत्पादन गर्ने तालिम

सिन्धुली । आर्थिक समृद्धितर्फ अघि बढ्न सिन्धुलीका महिलाहरुलाई दुना टपरी गाँस्ने तालिम दिइएको छ । सिन्धुली दुधौली नगरपालिकास्थित नमुना सामुदायिक वन समुहका पदाधिकारी तथा उपभोक्ताहरु दुना टपरी उत्पादन तालिम दिइएको हो ।

समूह्को भवनमा दुना टपरी उत्पादन तालिम तीन दिनसम्म चलेको थियो । सहभागीहरुलाई आधुनिक मेसिनबाट दुना बोता टपरी उत्पादन गर्न लाफा तयार गर्ने तरिका, सिन्का लगाउने तरिकाबारे जानकारी दिइएको हो । त्यस्तै सिन्का तयार गर्ने तरिका, पात संकलन तथा व्यबस्थापन गर्ने, लाफा व्यबस्थापन गर्ने तरिकाबारे सहभागीहरुमा सिकाइ भएको छ ।
पात संकलन गर्दा कस्तो रुखबाट गर्ने भन्ने बिषयका साथै उत्पादन सामाग्रीहरुको बजार व्यबस्थापन, बातावरण संरक्षण, वन डढेलो लाग्नबाट रोकथाम र समुदाय लाई आंशिक रोजगारी प्रदान सम्बन्धि प्रशिक्षण दिइएको हो । लाफा गास्ने बिषयमा सिन्का लगाउने तरिका पात जोड्ने तरिका सहभागीहरुलाई सिकाइएको छ । सहभागीहरुलाई तालिमका शारदा प्रासाद चालिसे, पबित्रा चौलागाईंले प्रशिक्षण दिएका थिए ।

दुधौली सव डिभिजनका अधिकृत बेद प्रकाश यादवले कार्यक्रमको उद्द्घाटन गर्दै सामुदायिक वनमा आधारित यो दुना टपरी उत्पादन उद्योगले समुदायलाई आंशिक रोजगारी हुनुका साथै आर्थिक समृद्धि तर्फ बढ्न मद्दत पुग्ने बताए । वातावरणको पनि संरक्षण हुने हुँदा समुदायका सबै जना आमा दिदिबहिनीहरुले यो तालिममा सिकेकोसीप लाई सदुपयोग गरि उत्पादन तर्फ लाग्न सके ठूलो आर्थिक सहयोग पुग्ने बताए ।

नमुना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरेन्द्र कार्कीको सभापतित्वमा सव डिभिजन वन कार्यलय दुधौलीका अधिकृत बेद प्रकाश यादवको प्रमुख आथित्यता, सामुदायिक बन उपभोक्ता माहासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष तथा हरित स्वयंसेवक संयोजक सिन्धुपाल्चोक, सुनकोशी गाउपालिका –३ सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रकका व्यबस्थापक शारदाप्रसाद चालिसेको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नमुना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सामुदायिक बन उपभोक्ता महासंघ नेपाल सिन्धुली जिल्ला महासंघका नरेन्द्र कार्कीले उपस्थित सबैलाई धन्यवाद दिदै यो तालिमले आत्मनिर्भर हुन ठूलो सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित