सिन्धुपाल्चोक इन्द्रावती-७ को कार्यालय तोडफोड, वडासचिव पनि कुटिए

सिन्धुपाल्चोक इन्द्रावती-७ को कार्यालय तोडफोड, वडासचिव पनि कुटिए

फरक पत्रिका

सोमबार, बैशाख २९ २०८२

सिन्धुपाल्चोक इन्द्रावती-७ को कार्यालय तोडफोड, वडासचिव पनि कुटिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालयमा तोडफोड भएको छ । आइतबार दिउँसो अन्दाजी ३ बजे स्थानीय सुनिल थापाले मादकपदार्थ सेवन गरी वडा कार्यालय तोडफोड गरेका हुन् ।

थापाले वडा कार्यालय पुगी तोडफोड गर्नुका साथै वडा सचिवमाथि समेत हातपात गरेको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड गरिनुका साथै वडा सचिव माथि हातपात समेत गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ति निकालेर यसको बिरोध गरेका छन् ।
आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा स्थानीय सुनिल थापाले मादक पदार्थ सेवन उनीहरुले कार्यालयमा कार्यरत वडा सचिव लगायतका कर्मचारीहरुलाई कार्यालय समयभित्र कार्य सम्पादन गरिरहेकै अवस्थामा कार्यकक्षमै हातपात एवं भौतिक आक्रमण गरी ज्यान मार्ने धम्की समेत दिएको भन्दै यसको घोर भत्र्सना र निन्दा गरिएको हो ।

साथै घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कारवाहीको माग गर्दै कारवाही नगरेमा सम्पूर्ण गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह ठप्प गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
घटनापछि थापालाई इलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित