सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको चौतारमा आयोजित नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । उत्कृष्ट प्रदर्शनका साथ ईर्खु मावि, ईर्खुले प्रतियोगिताको उपाधि जितेको छ।

ईर्खु मावि, ईर्खुले समग्रमा २१ स्वर्ण, १५ रजत र ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल ग¥यो । यो सहित ईर्खु माविले लगातार तेस्रो पटक उपाधीमाथी आफ्नो दबदबा कायम राख्न सफल भएको हो ।
श्री कृष्ण रत्न गंगा मावि चौताराले १६ स्वर्ण , १५ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त ग¥यो भने सेती देवि मा.वि स्याउलेले ६ स्वर्ण , ४ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थानमा रह्यो। २४ विद्यालय सहभागी थिए ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र नगर उपप्रमुख सिता थापा सहितका अतिथिहरुले शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे। नगर प्रमुख सापकोटाका अनुसार प्रतियोगिताको उद्देश्य नगरपालिकाका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो ।
