चाैतारामा माविस्तरीय छात्रा भलिवल प्रतियोगिता सुरू

चाैतारामा माविस्तरीय छात्रा भलिवल प्रतियोगिता सुरू

फरक पत्रिका

बिहिबार, जेष्ठ १० २०८१

चाैतारामा माविस्तरीय छात्रा भलिवल प्रतियोगिता सुरू

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगर मा बि स्तरीय छात्रा भलिबल प्रतियोगिता २०८१ सुरू भएको छ । बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुका वडा अध्यक्ष अमृतबहादुर दंगाल र वडा नं. १३ का वडा अध्यक्ष
रामप्रसाद गौतमले प्रतियोगिताको उद्घाटन गरे ।

चौतारा साँगाचोक गढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा र चौतारा साँगाचोक गढी नगर खेलकुद बिकास समितिको समन्वयमा , २०८१ जेठ १० गते देखि १२ गते सम्म इर्खुमा सो प्रतियोगिता संचालन हुँदै छ ।

सो उद्घाटन सत्रमा श्री इर्खु माध्यमिक विद्यालय का छात्राहरुले नृत्य प्रस्तुत गर्दै , खेलकुद प्रेमी दर्शकहहरुलाई थप मनोरञ्जन प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित