बझाङ -१ क को अहिलेसम्मको परिणाम, एमालेका भण्डारी र कांग्रेसका सिंहबीच कति मतान्तर ?

बझाङ -१ क को अहिलेसम्मको परिणाम, एमालेका भण्डारी र कांग्रेसका सिंहबीच कति मतान्तर ?

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

बझाङ -१ क को अहिलेसम्मको परिणाम, एमालेका भण्डारी र कांग्रेसका सिंहबीच कति मतान्तर ?

बझाङ- बझाङ- १ को प्रदेश सभा क मा भएको  मतदानअन्तर्गत मतगणना जारी छ। नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछाडि पारेका छन्।
आइतबार राति १० बजेसम्म सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रमुख दुई प्रतिष्पर्धीकाे मतान्तर ६७७ ले छ। एमालेका उम्मेदवार भण्डारीले ३ हजार ४९७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२० मत ल्याएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित