बाह्रबिसेमा नगरस्तरीय लोकतान्त्रिक आदिवासी जनजाति समिति गठन

बाह्रबिसेमा नगरस्तरीय लोकतान्त्रिक आदिवासी जनजाति समिति गठन

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

बाह्रबिसेमा नगरस्तरीय लोकतान्त्रिक आदिवासी जनजाति समिति गठन

सिन्धुपाल्चोक ।बाह्रबिसे नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजातिको समिति गठन गरिएको छ। आइतबार नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा कार्य समिति निर्माण गरिएको हो।

समितिले नोर्बु शेर्पाको अध्यक्षतामा ३१ सदस्यीय समिती चयन गरिएको छ। नोर्बु शेर्पाको अध्यक्षतामा बनेको समितिमा उपसभापति लकबिर तामाङ, दिनेश श्रेष्ठ, सचिव बिष्णुलाल श्रेष्ठ, सचिव बाबु शेर्पा, सहसचिवमा तारा थामी रहेका छन ।

नगर स्तरीय जनजाति संघको कार्यक्रममा उपस्थित क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले यो संघले समाजमा सामाजिक उत्तदायित्व हुँदै सामाजिक सेवामा लाग्नु पर्ने बताए । हरेक समिति निर्माण हुन्छन्, तर समितिले सक्रिय रहेर काम गर्नुपर्छ।, यो नेपाली काङ्ग्रेस निकट सुभेच्छुक सस्था भएकोले पार्टीलाइ थप सुदृढीकरण गर्न समेत यो समितिको भुमिका रहने बस्नेतले बताए ।

लोकतान्त्रिक आदिवासी जनजाति सघको अध्यक्ष नोर्बु शेर्पा भन्छन् ,मैले आगामी दिनमा जनजातिको समस्यालाइ समाधान गर्दै लैजाने र सम्बन्धित ठाउमा आवाज उठाने अध्यक्ष शेर्पाले बताए । बाह्रबिसे नगरपालिकामा नगरगर स्तरीय लोकतान्त्रिक आदिवासी जनजाति सघको समिति पहिलो पटक निर्माण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित