सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१२ मा महाेत्सव हुने भएको छ । माघ २५ देखि १५ दिनसम्म प्रथम इन्द्रावती वडा नं १२– कृषि, पर्यटन, ब्यापार, साँस्कृतिक महोत्सव २०८१ हुने भएको हो ।
माघ १० गतेसम्म इन्द्रावती १२ स्थित भीमटार बगरमा हुदैछ । पर्यटन प्रवर्द्धन, स्थानीय कला साहित्य संस्कृतिको संरक्षण, कृषि सामग्री प्रदर्शनी, मनाेरञ्जन तथा व्यापारका लागि महोत्सव गरिन लागिएको आयोजक वडा नं १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले बताए ।
वडाले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव मुल आयोजक इन्द्रावती गाउँपालिका वडा नं १२, सह आयोजक पञ्चकन्या युवा समाज भिमसेन थान युवा क्लब ,ब्यवस्थापन औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल रहेका छन् भने संरक्षक इन्द्रावती गाउँपालिका रहेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक प्रस्तुती हुने समेत हुने छ । सुगम पाेखरेल, ज्याेति मगर, नवराज घाेरासैनी, घमेश दुलाल, रूपक डाेटेल, कमल खत्री, चन्द्रसिंह घले, सूर्यमणी आचार्य, दुर्गेश थापा एलिना चौहानलगायतकाे प्रस्तुति रहने आयोजकले जानकारी दिए । महोत्सवको उद्घाटन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले गर्ने आयोजकले जनाएको छ । भीमटार बगरमा १५ दिन सम्म हुने महोत्सवमा विभिन्न पसल, ब्यापार, कृषि सामग्रीको स्टल राखिने बताइएको छ । साथै विभिन्न जातीय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी हुनेछ । महोत्सव हेर्न आउनेहरुले चर्चित कलाकारहरुको प्रस्तुती हेर्न, संगै रोटे पिङ लगायत खेल्न पाइनेछ ।