सिन्धुपाल्चोक । हास्यकलाकार घनश्याम तिमल्सिना उर्फ एन्टिनाको संयोजकत्वमा स्कुलका बिध्यार्थिहरुको अभिनय,नाटक कलालाइ लक्ष्यित गरि स्कुल एक्टिङ आइडल नामक कार्यक्रमको अडिसनको थालनी गरेको छ। हरेक माध्यमिक तह संचालित बिध्यालयहरुमा गएर अभिनयमा रुचि राख्ने बिध्यार्थीहरुको छनौट गरि आइडल छानिनेछ
केन्द्रिय कलाकार निर्णायकमण्डलद्वारा पालिकास्तरिय स्कुल एक्टिङ आइडल हुदै क्रमश: जिल्ला एक्टिङ आइडल,प्रदेश आइडल र अन्तमा स्कुल एक्टिङ आइडल नेपाल घोषणा गरिने कुरा कार्यक्रम संयोजक तिमल्सिना ले बताए। उनी भन्छन् , हाम्रो टिमले नेपालका हरेक माध्यमिक स्कुलमा पुगेर अभिनयमा रुचि राख्ने बिध्यार्थिको पहिचान गर्नेछौ र आबश्यकता परे अभिनय प्रशिक्षण समेत गराउदै उनिहरुभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन अबको पाँच बर्ष लागिपर्नेछौ। दुई दशक अगाडिदेखी शैक्षिक डकुमेन्ट्री निर्माण गरि स्कुल स्कुलमा प्रदर्सन गराउदै हिड्ने गरेका तिमल्सिनाको यो अभियान काभ्रे,सिन्धुपाल्चोक ,दोलखा,रामेछाप र सिन्धुलिबाट सुरुवात भएको आयोजक सस्था जनतरङ्ग मल्टिमिडियाले बताएको छ। स्कुले बिध्यार्थिको आफ्नै मौलिक अभिनय कलाको प्रतिस्पर्धात्मक यो रियालिटी शो मा तिमल्सिनाको अलवा गितकार मोहन घिसिङ र कलाकार नवीन गिरि समेत प्रत्यक्ष जोडिएका छन।