काठमाडौँ – म्युजिक भिडियो निर्देशनमा चर्चित निर्देशक गम्भीर बिष्ट नयाँ म्युजिक भिडियो ‘पूर्णिमा को जून’ लिएर आएका छन् ।
किशोर तिम्सिना र त्रिशाला गुरुङको स्वर रहेको यस गीतको शब्द र संगीत स्वयं तिम्सिनाले नै तयार पारेका हुन् । भिडियोलाई विषम आचार्यले संगीत संयोजन गरेका छन् भने साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका छन् ।
गम्भीर बिष्ट नयाँ सोच र कलात्मक निर्देशनका लागि परिचित छन् । उनले बनाएका म्युजिक भिडियोमा जीवन्त अभिनय हुन्छ । बिष्टको निर्देशनमा बनाइएका म्युजिक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् ।
म्युजिक भिडियोमा परशु गिरी र सानिषा भट्टराईले अभिनय गरेका छन् । भिडियोको छायांकन गोकर्ण रिसोर्ट, मूलपानी र दोलालघाटका रमणीय स्थानमा गरिएको छ । सम्पादन, रंग संयोजन र छायांकनको जिम्मेवारी पवन सुस्लिङले सम्हालेका छन् ।
भिडियोमा कोरियोग्राफी सुरेन्द्र बासेलले गरेका छन् भने असिस्टेन्ट कोरियोग्राफरमा पुनम श्रेष्ठले साथ दिएकी छिन् । उत्पादन व्यवस्थापनको जिम्मेवारी शम्भु श्रेष्ठ र मनोज जोशीले सम्हालेका छन् ।
गम्भीर बिष्टले आफ्नो निर्देशन क्षमताको अर्को प्रमाण स्वरूप ’पूर्णिमा को जून’ मार्फत नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ कायम गरेका छन् । दर्शकहरूले यस म्युजिक भिडियोलाई अत्यन्तै रुचाउने अपेक्षा गरिएको छ ।
विष्टले ‘नाचौँ नाचौँ’, ‘गोरखा नेपालमा’, ‘अरेली काँडैले मलाई च्वास्स’ र ‘बुट्टे रुमाल’ जस्ता चर्चित भिडियोहरू निर्देशन गरेका छन् ।