सिन्धुपाल्चोकमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना, सांगठनिक गतिविधि अघि बढाइने

सिन्धुपाल्चोकमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना, सांगठनिक गतिविधि अघि बढाइने

फरक पत्रिका

मंगलबार, असोज २७ २०८३

सिन्धुपाल्चोकमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना, सांगठनिक गतिविधि अघि बढाइने

सिन्धुपाल्चोक । उज्यालो नेपाल पार्टीले सिन्धुपाल्चोकमा जिल्ला कार्यालय स्थापना गरेको छ। पार्टीका केन्द्रीय सदस्य दोर्जे स्याङ्बोको प्रमुख आतिथ्यतामा जिल्ला कार्यालय स्थापना गरिएको पार्टीका जिल्ला सचिव नुर्चुङ तामाङले जानकारी दिए। जिल्ला कार्यालय स्थापना भएसँगै पार्टीका नियमित बैठक सञ्चालन, सदस्यता वितरणलगायतका सांगठनिक गतिविधि अघि बढाइने सचिव तामाङले बताए।

यसैबीच, उज्यालो नेपाल पार्टीले चौतारा साँगाचोकगढी नगरपालिकामा प्रथम नगर भेला सम्पन्न गरेको छ। भेलाले राजेश लामाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरेको हो। नगर कमिटी गठनसँगै पार्टीले नगरपालिका क्षेत्रमा आफ्नो संगठन विस्तार तथा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित